सुनचाँदीको मूल्यवृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार ५ सयले वृद्धि भई प्रतितोला रु एक लाख २४ हजार ४ सयमा कारोबार भइरहेको छ ।

jutta mela

चाँदी प्रतितोला रु ३० ले वृद्धि भई प्रतितोला रु एक हजार ४७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । रासस

You might also like

Comments are closed.