सिएफ मोटो एटिभी राइडर मनाङ मेनियामा सहभागी हुदै

काठमाडौं । शुक्रवार (भोली) देखी सुरु हुने मनाङ मेनियामा सिएफ मोटो एटिभी राइडर पनि सहभागी हुने भएका छन् ।

विश्वभर प्रचलित रहेको सिएफ मोटोका मल्टि पर्पोज यूटिलिटी ट्रयाक्टरको क्रेज नेपालमा पनि उत्तिकै रहेको र यस्ता एड्भेचर राइडमा सहभागीता जनाउँदा साहसिक यात्राको साथै भाइचाराको बलियो उदाहरण विश्वलाई दिन सकिने विश्वासका साथ कार्यक्रममा सहभागी हुन लागिएको राइडरले जनाएका छन् ।

विश्वका विभिन्न देशमा साहसिक सावरी, मनोरञ्जको सारथी र कृषि उपयोगीताको लागि प्रचलित क्वाड बाइक पेट्रोलबाट सञ्चालित सवारीको एक अद्भुत आविष्कार रहेको नेपालका लागि आधिकारिक वितरक रिशी ट्रेड सेन्टरले जनाएको छ ।

jutta mela

सन् २०२३ मा विश्वभर यस्ता बाइकहरुको वार्षिक विक्री ७ लाख युनिट रहेको छ । यी बाइक विशेषगरी नर्थ अमेरिका, यूरोप र ल्याटिन अमेरिकामा बढी मात्रामा बिक्री हुने गर्छन् ।

नेपालमा सन् २०१९ मा आयोजना भएको नाडा अटो शोमा कम्पनीले आफ्नो पहिलो मोडल जेड फोर्स ५०० ईएक्सलाई भित्र्याएको थियो । कम्पनीले हाल जेड फोर्स ८ सय र सी फोर्स ५२० एल मोडलको समेत बिक्री गर्दै आएको छ ।

नेपालमा हाल पोखरा, मुस्ताङ, इलाम, नगरकोट र काठमाण्डौं आसपासका विभिन्न रिसोर्टहरुमा क्वाड बाइकको मज्जा लिन सकिन्छ ।

You might also like

Comments are closed.