नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर २ हजार ३० दशमलव ५५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९० अङ्कले उकालो लागेर ३६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

jutta mela

कूल ८९ लाख २९ हजार १५२ कित्ता शेयर रु ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५६ करोड २० लाख बराबरको कारोबार भयो ।

शिवम् सिमेन्ट रु १६ करोड ४१ लाख २२ हजार ८६२, सोनापुर मिनरल्स रु १३ करोड ४१ लाख ४२ हजार ४८४, मैलुङ हाइड्रोपावर रु १३ करोड ३७ लाख ७४ हजार ३६१ र हाथवे इन्भेस्टमेन्टको रु ९ करोड ७९ लाख ५६ हजार ३५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिर्खवा हाइड्रोपावर ८ दशमलव ९७, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ६ दशमलव ०८, बुद्धभूमि नेपाल हाइड्रोपावर ५ दशमलव ९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ५ दशमलव ६४ प्रतिशतले कमाएका छन् । कारोबार भएकामध्ये आज १७६ कम्पनीको शेयर मूल्यमा वबृद्धि भएको छ ।

त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो ६ दशमलव २१, सामलिङ पावर कम्पनी ५ दशमलव ०२, बोटलर्स नेपाल तराई ४ दशमलव ३५, एनएमबी ५० दशमलव ८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतले गुमाएका छन् । आज कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ ।

सोमबार उच्च अङ्कले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो । मङ्गलबार भने बजार पुनः उच्च अङ्कले नै ओरालो लागेको थियो । नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधबार पनि बजारले हरियो झण्डा देखाएको थियो । आज पनि नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ । रासस

You might also like

Comments are closed.