काठमाडौं । राष्ट्रिय सभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९÷८० पेस भएको छ ।
सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानी मन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरे ।
बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराएका हुन् ।
बैठकमा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइन् ।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन २७ गते आइतबार अपराह्न १ बजेर ९ मिनेटमा बस्नेछ । रासस
Comments are closed.