काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ ।
दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ शो रहेको यस काठमाडौं म्युजिक फेस्टिभलमा फूडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्ने भएको छ । यस म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टको स्टल रहनेछ ।
आउँदो चैत ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुने यस ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले संयुक्त रुपमा आयोजना गरेका हुन् । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुने छ भने प्रवेशद्धार १ बजे नै खुल्ला रहनेछ । दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारको प्रस्तुति रहनेछ ।
फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले काठमाडौं म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनर हुन पाउँदा खुशी लागेको बताउँदै यस सांगीतिक माहोलमा दर्शक श्रोतलाई उत्कृष्ट स्वाद प्रदान गगर्ने र संगीत र स्वादिष्ट खानाको सम्मिश्रणले सहभागी सबैका लागि यो कार्यक्रम अविस्मरणीय हुने बताउँछन् ।
आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीतहरु गाएका छन् । आफ्नो सुमधुर आवाजले ठूलो संख्यामा दर्शक श्रोताको मन जित्न सफल आतिफले थुप्रै अवार्डहरू पनि जितेका छन् । काठमाडौं म्युजिक फेस्टिभलको दोस्रो दिनमा भने अनुभ जैन र एज ब्यान्ड जस्ता अन्य चर्चित कलाकारहरूले पनि प्रस्तुति दिने आयोजकले जनाएका छन् ।
काठमाडौं म्युजिक फेस्टिभलमा फूडमान्डुको उपस्थितिले संगीतमा स्वाद थपेर यस कार्यक्रममा सहभागीलाई विशेष मनोरञ्जन प्रदान गर्ने फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले बताइन् । फूडमान्डुले खानाको पारखीलाई वर्षौदेखि विशेष प्राथमिकता दिँदै आएको छ र यस पटक पनि त्यही परम्परालाई निरन्तरता दिइएको उनको भनाई छ ।
फूडमान्डुले विगत एक दशक भन्दा अगाडी देखि खानाका पारखीका लागि सहज र भरपर्दो प्लेटफर्म मार्फत ग्राहकको घर आँगनमा खाना डेलिभरी गर्दै आइरहेको छ भने यो सहकार्यले पनि फूडमान्डुको ग्राहकवर्गलाई फरक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताको प्रमाण हो ।
Comments are closed.