साताको सेयर बजार : तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि

काठमाडौं । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ ।

साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार ९६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार ३ दशमलव ५६ को बिन्दुमा पुगेको छ ।

सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक ११७ दशमलव ७० अङ्क अर्थात् ६ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो ।

मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर २ हजार ७ दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार ९ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो ।

jutta mela

यो साता पुँजी बजारमा रु १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको ३ करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ । आइतबार रु २ अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार ६९६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको ९ लाख २० हजार ३९९ कित्ता शेयर मात्रै किनबेच भयो । मङ्गलबार रु ४ अर्ब ४ करोड ५२ लाख ८२ हजार ७५४ बराबरको १ करोड ४ लाख २ हजार ९४० कित्ता शेयर कारोबार भएको छ ।

त्यसैगरी, बुधबार रु ३ अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार २५५ कित्ता र बिहीबार रु २ अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार ४५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण रु ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार ३९४ बराबर कायम भएको छ । रासस

You might also like

Comments are closed.