सेरेसको नयाँ स्टेट द अफ आर्टसोरुम नक्सालमा

काठमाडौं । नेपालका लागि सेरेस इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम सञ्चालनमा ल्याएको छ ।

सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सि र यी पांग तथा अटोमोबाइल क्षेत्रका व्यक्तिmको सहभागितामा बिहीबार एक समारोहबीच नयाँ सोरुम उद्घाटन भएको छ ।

नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्छ । उद्घाटन समारोहमा एमएडब्लु वृद्धिले सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाएको थियो । सेरेस ३ समुद्री सतहबाट ४ हजार ६६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो ।

jutta mela

नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न यो कदम महत्वपूर्ण छ । काठमाडौंको मुटुमा अवस्थित नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउनेछ ।

ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ । नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुनेछ ।

ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले बिक्रि र बिक्रिपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिनेछ ।
सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौं बाहिर पोखरा र बुटवलमा डिलर सञ्जाल विस्तार गरिसकेको छ । आउने दिनमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि सोरुम खोल्ने तयारी गरिरहेको छ ।

सेरेसको बारेमाः

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले सन् २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ । सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो । यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ, जसमा नेपाल ७१ औँ गौरवशाली स्थान बनेको छ । सेरेस हुवाएको निर्माण साझेदार हो ।

यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ । संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ । नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ ।

 

You might also like

Comments are closed.