कर्पोरेट मिडिया ग्रुपकी निर्देशक संगीता खत्री महिला चेम्बरद्वारा सम्मानित

काठमाडौं । कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट बिजनेश म्यागजिन र कर्पोरेट खबर अनलाइन) की बिजनेश डिरेक्टर संगीता खत्रीलाई महिला चेम्बर अफ कमर्शले सम्मान गरेको छ ।

महिलाको आर्थिक सशक्तीकरणका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको तथा महिला चेम्बरको हरेक क्रियाकलापमा सञ्चारमाध्यममार्फत सक्रियतापूर्वक योगदान पु¥याएको भन्दै सो योगदानको कदर गर्दै खत्रीलाई सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवस, २०२४ को अवसरमा नेपाल महिला चेम्बरले भृकुटीमण्डपमा आयोजना गरेको विशेष समारोहमार्फत खत्रीलाई सम्मान गरिएको छ ।

महिला चेम्बर अफ कमर्शकी अध्यक्ष उर्मिला श्रेष्ठ, महासचिव लीमा अधिकारी र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल लगायतले कर्पोरेट मिडिया ग्रुपकी बिजनेश डिरेक्टर खत्रीलाई सम्मान गरेका हुन् ।

You might also like

Comments are closed.