नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार १११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ ।

विभिन्न ३०५ कम्पनीका एक करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर ८२ हजार ७४६ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५ दशमलव ४४, लघुवित्त समूह ५ दशमलव ०५ र होटल तथा पर्यटन समूह ३ दशमलव ९३ प्रतिशतले बढेको छ ।

jutta mela

बैंकिङ ३ दशमलव १०, विकास बैंक २ दशमलव १७, वित्त समूह २ दशमलव २९, जलविद्युत् शून्य दशमलव ९९, लगानी समूह १ दशमलव ८७ र उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३४ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड १ दशमलव ५५, निर्जीवन बीमा ३ दशमलव १५, व्यापार १ दशमलव ६९ र अन्य समूह १ दशमलव ६४ प्रतिशतले बढेको छ ।

साथै पाँचवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै २ दशमलव ५७ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ३७ करोड १९ लाख ३३ हजार ७८६ बराबरको ६ लाख ७३ हजार ७०६ कित्ता किनबेच भएको छ । रासस

You might also like

Comments are closed.