सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८ सय बढेर प्रतितोला रु एक लाख २५ हजार ८ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु ८ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार २ सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार ४ सय थियो ।

jutta mela

चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु १५ सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । रासस

You might also like

Comments are closed.