सहकारी पीडितको माग सम्बोधन गर्न सांसद प्रदीप पौडेलको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनैपनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आकस्मिक समयमा उनले प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकामा आपत्ति जनाएका छन् । सांसद पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाइरहेपनि सरकारले नसुनेको जिकिर गरे ।

“आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो । उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन । उठेका सवालको जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ” उनले भने ।

jutta mela

सांसद पौडेलले सहकारी पीडतको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद पौडेलले उठाएका विषयप्रति सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराए । रासस

You might also like

Comments are closed.