ललितपुरका डेरी व्यवसायको अनुगमन

ललितपुर । डेरी व्यवसायलाई नियमपूर्वक अगाडी बढाउन ललितपुरका डेरी पसल तथा व्यवसायको अनुुगमन गरिएको छ ।

नेपाल डेरी एसोसिएसन बागमती प्रदेश र ललितपुर दुग्ध व्यवसायी समितिले राष्ट्रिय दुग्ध विकास बोर्ड र पशुसेवा कार्यालय ललितपुरको सहकार्यमा ललितपुर जिल्लामा रहेका साना तथा घरेलु डेरी व्यवसायको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा दूधको गुणस्तर, भण्डारण र बिक्री वितरणको अवस्थाको बारेमा व्यवसायीलाई सुझाव दिइएको छ । अर्को पटक पनि अनुगमन गर्दा अहिलेकै अवस्थाको कमजोरी पाइएमा कानुनी कारबाही गरिने राष्ट्रिय दुग्ध विकास बोर्डका दिपेन्द्र अधिकारीले बताएका छन् ।

डेरी व्यवसायको अनुुगमनलाई समर्थन गर्दै नियम अनुसार सञ्चालन गर्न सुुझाव दिएको ललितपुर दुग्ध व्यवसायी समितिका अध्यक्ष टिकाप्रसाद घिमिरेले बताए । अनुुगमन कार्यले व्यवसायी सचेत हुने र नियम अनुसार नचलेका भए नियमसंगत सञ्चालन हुने पशुसेवा कार्यालयका कृष्ण कार्की बताउँछन् ।

अनुगमनलाई ललितपुरका व्यवसायीले सकारात्मक ढंगले लिएको हुदा सुधार गर्नुपर्ने कुरा सुधार गर्दै जाने ललितपुर महालक्ष्मी स्थानका चौलागाईं डेरीका सञ्चालक शिव चौलागाई बताउँछन् ।

ललितपुर दुग्ध व्यवसायी समितिका उपाध्यक्ष दिपक सन्जेलले अनुगमन गर्ने कार्यमा सहकार्य गर्दै राष्ट्रिय दुग्ध विकास बोर्ड र पशुसेवा कार्यालय ललितपुरको सहकार्यमा सहजीकरण गरेको बताउँछन् ।

 

lcci
You might also like

Comments are closed.