काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ ।
कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय विद्यार्थीको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ ।
शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने सन्दर्भमा जानकारी दिइएको छ । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य दन्त विभागका डाक्टर दीपक ठाकुरले बालबालिकाको दाँत र मुख संवेदनशील हुने भएकोले समय–समयमा चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए ।
सामुदायिक स्वास्थ्य सेवामार्फत नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको कलेजले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको शिविरबाट गरिव, विपन्न तथा अस्पतालसम्मको पहुँच नपुगेका नागरिक बढी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Comments are closed.