बुद्ध विशाल बजार एसोसिएसनको रक्तदानमा ६४ युनिट सङ्कलन

पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले दशाँै पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रगत सङ्कलन भएको छ ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरूङले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिन् ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य गुरूङले सबैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदै आफ्नो तर्फबाट एशोसियसनलाई सहयोग गर्ने प्रतिवद्वता प्रकट गरिन् ।

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका निर्वतमान अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले यो वर्ष आफ्नो रजत महोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरिरहेको बताउदै बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने भएकाले रक्तदान कार्यक्रम गरेको बताउँछन् ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देल, कस्मेटिक व्यवसायी संघकी अध्यक्ष दुर्गा बराल, फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरू लगायतले रक्तदान कार्यक्रमका सन्दर्भमा आफ्ना भनाई राखेका छन् ।

रक्त संचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीको टोलिले प्राविधिक सेवा दिएको कार्यक्रम बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको हो ।

एशोसियसनका उपाध्यक्ष बुद्विबहादुर कुँवरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव तथा कार्यक्रम संयोजक थमनसिं गुरूङले गरेका हुन् ।

lcci
You might also like

Comments are closed.