काठमाडौं । मनकामना केबलकार नियमित मर्मत सम्भारका लागि बन्द हुने भएको छ ।
आउँदो चैत ७ गते बुधवार एक दिनको लागि केबलकार सञ्चालन कार्य बन्द हुने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
चैत ८ गते बिहीबारबाट भने केबलकार नियमित सञ्चालनमा रहने जनाइएको छ । वार्षिक सरदर ११ लाख दर्शनार्थी मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
Comments are closed.