रामपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–६ पाल्पामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पशुपंछी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजना र नेपाल भेटेरीनरी एसोसिएसन लुम्बिनीको सहकार्यमा रामपुर ६ स्थित बुल्टारमा स्वास्थ्य शिविर भएको हो ।

शिविरको एक कार्यक्रमका विच शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले मुलुकको आर्थिक समृद्धिको आधार भएपनि कृषि क्षेत्रमा बजेट तथा कार्यक्रम न्यून रहेको बताए । उत्पादकत्व वृद्धि र बजारीकरणमा सरकारको ध्यान जान नसकेको भन्दै पर्याप्त बजेट तथा कार्यक्रमको लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

jutta mela

कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका सचिव डा.नम्रता सिंहले रामपुर क्षेत्र पशुपालनको लागि उर्वर भूमि भएको बताउँदै स्थानीय सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेमा मन्त्रालयले पनि आवश्यक कार्यक्रम सञ्चालन गर्ने स्पष्ट पारिन् । सेवालाई किसानसम्म पु¥याउन तथा कृषकलाई रोग तथा सचेत गराउनका लागि शिविर सञ्चालन गरिएको पशुपंछी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निर्देशक डा. प्रबेश सिंह कुँवरले बताए ।

रामपुर नगरपालिका ६ का वडाध्यक्ष दिवाकर देवकोटाले कृषकको आवश्यकता र मागको आधारमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताए । बाख्रापालक कृषक महासंघका केन्द्रिय उपाध्यक्ष सुर्यप्रसाद रेग्मीले कृषकका समस्या समाधानका लागि समय–समयमा यस प्रकारका शिविर सञ्चालन हुनु आवश्यक रहेको बताउँछन् ।

नेपाल भेटेरीनरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष डाक्टर युवराज श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । विजयपुर कृषि सहकारी संस्थाको कार्यालय परिसरमा भएको शिविरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा र रामपुर नगरपालिका पशु शाखाको प्राविधिक सहयोग रहेको थियो ।

शिविरको संयोजक सीताकुण्ड दुग्ध उत्पादक सहकारी र विजयपुर कृषि सहकारीले गरेको हो । कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका सचिव डा.नम्रता सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी वरिष्ठ पशुचिकित्सक लोकराज भुसालले गरेका हुन् ।

शिविरमा रामपुर क्षेत्रका चार सय बढी पशुपंछीपालक कृषकले सेवा लिएका छन् । गाई, भैँसी, बाख्रा र कुखरा लगायतका १२ सय बढी पशुपंछीको लागि उपचारसंगै निःशुल्क औषधी वितरण गरिएको गरिएको छ ।

पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी वरिष्ठ पशुचिकित्सक लोकराज भुसालले चार सय बढी कृषकहरुले १२ सय पशुपंछीका लागि निःशुल्क औषधी संगै उपचार तथा परामर्श सेवा लिएको जानकारी दिए ।

पशुपंछीको प्रजनन् समस्या, आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्या लगायतका विभिन्न रोगहरुको १७ प्रकारका औषधिहरु वितरण संगै कृषकलाई परामर्श समेत प्रदान गरिएको छ ।

You might also like

Comments are closed.