विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति

मनहरी (मकवानपुर) । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विकास निर्माणलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको बताएका छन् ।

आज मकवानपुरको मनहरी गाउँपालिका वडा ९ र ५ जोड्ने रजैया दरदरा मोटरेबल पुलको शिलान्यासपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विकासको लक्ष्य लिएर अघि बढेको जिकिर गरे । उनले विकास निर्माणलाई उत्पादनमुखी ढङ्गबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहेको बताए ।

कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माण अघि बढाउने प्रदेश सरकारको तयारी रहेको उनको भनाइ थियो । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने समस्यालाई हल गरी पाँच वर्षे नीतिमा काम गर्दै प्रदेश सरकार अघि बढिरहेको उनले जानकारी दिए । विकासको ढाँचा परिवर्तन गरी प्रदेश सरकार अघि बढिरहेको उनको भनाइ थियो ।

jutta mela

“प्रदेश सरकारले विषयगत क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था गरेको छ । स्थानीय तहको सुझाव र विगतका अनुभवबाट प्रदेश सरकारले कामलाई परिस्कृत गर्दै अघि बढेको छ”, उनले भने, “प्रदेश सरकारको आर्थिक समृद्धिको योजनामा भौतिक पूर्वाधार निर्माण चुनौती देखिएको छ ।”

उनका अनुसार प्रदेश सरकारले पूर्वाधार विकास अन्तर्गत ठूला सडक र पुलहरुमा लगानी गर्ने रणनीति बनाएको छ । साना योजना स्थानीय तहलाई कार्यान्वयन गर्न दिने गरी प्रदेश सरकारले काम गरिरहेको मन्त्री जम्कट्टेलले बताए । रासस

You might also like

Comments are closed.