नाडाको टोलीद्वारा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीसंग भेटघाट

काठमाडौं ।नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको एक टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग भेटघाट तथा छलफल गरेको छ ।

नेपालमा चारपाँगे्र सवारी साधनको एसेम्बलिङ्ग उद्योग स्थापना गर्ने सम्बन्धमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधीमण्डलले मन्त्री भण्डारीलाई भेटघाट तथा छलफल गरेको हो ।

भेटघाट तथा छलफलमा बरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुईपाँगे्र सवारी साधनको एसेम्बलिङ्ग उद्योगहरु खुल्दै गएको र चारपाँग्रे एसेम्बलिङ्ग उद्योगहरु पनि खुल्ने क्रममा रहेको तर सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोवाइल उद्यमी तथा व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेकाले अटोमोवाइल उद्योगलाई अघि बढाउनका लागि स्थायी नीति ल्याउन आग्रह गरेका छन् ।

jutta mela

बरिष्ठ उपाध्यक्ष गोल्छाले सरकारले गत फागुन २५ गतेको राजपत्रमार्फत एजेन्सी, संशोधन र एकिकरण सम्बन्धी पहिलो संशोधन जारी गरेको सन्दर्भमा त्यसका केही बुँदाहरुमा द्धिविधा उत्पन्न भएकाले आवश्यक प्रष्टताका लागि समेत मन्त्रीसंग अनुरोध गरेका छन् ।

छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र उपे्रतीले नेपालको अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने विभिन्न नीतिगत सुझावहरु समेत प्रस्तुत गरेका छन् । महासचिव उप्रेतीले अस्थिर महशुल दरले व्यवसायीहरु हतोत्साहित भइरहेकाले महशुल दरहरुमा स्थिरता कायम गरिनुपर्ने, एउटै ब्रान्डको पाट्र्स मुख्य उत्पादनकर्ताको अनुमती बिना तेस्रो पक्षबाट निर्बाध रुपमा पैठारी हुदै आएकोमा एयरपोर्ट तथा भन्सार नाकामा सो सामानहरु नेपालको आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था हुनुपर्ने सुुझावहरु प्रस्तुुत गरेका छन् ।

यस्तै स्वदेशमै स्थापना हुने सवारी साधन तथा अटोमोवाइल सम्बन्धी एसेमब्लिङ्ग उद्योग, अटोमोवाइल स्पेयर पार्टस उद्योग, टायर उद्योग, लुव्रिकेण्टस उद्योग तथा व्याट्री उद्योगहरुको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गरिनुपर्ने, नेपाल र भारतविचको द्धिपक्षिय आर्थिक सम्बन्ध विस्तार गर्न, नेपालमा उद्योगहरुलाई आकर्षित गर्न, नेपालमा व्यापार सहज बनाउन र विदेशी लगानीलाई आकर्षित गर्न नेपालमा आन्तरिक आर्थिक केन्द्र स्थापना गरिनुपर्ने, नेपालमै लुव्रिकेण्टस उद्योगहरु भएको अवस्थामा त्यसको संरक्षणका लागि नेपालमा उच्च गुणस्तरिय लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्ने लगायतका सुुझाव राखिएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता तथा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागमा अनिवार्य रुपमा आफ्नो एजेन्सी समेत दर्ता गरेको कम्पनीले मात्र आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, नेपालमा कपी प्रोडक्ट्स निर्बाध रुपमा आयात हुँदा आधिकारीक आयातकर्तालाई मार परिरहेकाले आयातकर्ताले भन्सारमा उत्पादनकर्ताको कागजात, ओरिजिन प्रमाणपत्र, ब्रान्ड्, लेवल आदी जाच गरेर मात्र समान पास गर्ने व्यवस्था हुनुपर्ने लगायतका सुुझावहरु पेश गरिएको छ ।

मन्त्री दामोदर भण्डारीले सरकारले उद्योग व्यवसायको उत्थानको लागि सक्दो सहयोग गर्ने र नेपालीहरुको विदेशिने क्रमलाई रोक्न व्यवसायीहरुले पनि रोजगारी सिर्जना गर्न आग्रह समेत गरेका छन् । व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारले नीतिगत न्यूनतम कार्यक्रम बनाउन लागेको र त्यसले वर्तमान निरासालाई चिर्दै आशा जगाउने मन्त्री भण्डारीले विश्वास व्यक्त गरेका छन् ।

छलफलमा नाडाका उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ, नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, नाडाका केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल, नाडाको सदस्य कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीबाट अभिमन्यू गोल्छा र एम.ए डब्लु इण्टरप्राइजेजबाट धर्वेन्द श्रेष्ठ लगायत सहभागी थिए ।

 

 

 

 

You might also like

Comments are closed.