पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले फागु अर्थात् होली पर्वमा कसैको इच्छा विपरीत रङ नदल्न अनुरोध गरेको छ ।
आइतबार पहाडी जिल्ला तथा उपत्यकाका जिल्ला र सोमबार तराईका जिल्लामा होली पर्व मनाइँदैछ ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै इच्छा विपरीत रङ नदल्न आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘होली पर्व आपसमा खुशी साटासाट गरेर मनाइने पर्व भएकाले कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने बाटोमा हिड्ने बटुवालाई रङ्ग लगाउने र बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता अमानवीय र अराजक कार्य दण्डनीय भएकाले त्यस्ता कार्य गर्ने उपर कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।’




Comments are closed.