रामपुर नगरपालिकाद्वारा खेलाडीलाई सम्मान

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले खेलाडीलाई सम्मान गरेको छ ।

रैनादेवीछहरा गाउँपालिकामा भएको भलिबल प्रतियोगितामा विजयी खेलाडीलाई नगरपालिकाको कार्यालयमा एक कार्यक्रम गरी सम्मान गरिएको हो ।

विहिबार सम्पन्न पालिका स्तरीय चौथो अध्यक्ष कप भलिबल प्रतियोगितामा रामपुर नगरपालिकाले उपाधी जितेको थियो । खेलाडीलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले खेल क्षेत्रको विकासका लागि सिमित स्रोत र साधनका बीच पनि नगरपालिकाले उच्च प्राथमिकताका साथ लागेको बताए ।

jutta mela

खेलकुद र खेलाडीको हितको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउँदै नगर प्रमुख थापाले खेलाडीको प्रतिभा, मेहनत र उत्साहले प्रतियोगितामा जित्न सफल भएको भन्दै आगामी दिनमा अझ सफलताको शुभाकामना दिएका छन् ।

भलिबल प्रतियोगितामा रामपुर नगरपालिकाले रम्भा गाउँपालिकालाई पराजित गर्दै विजयी भएको थियो । प्रथम स्थान हासिल गर्न सफल रामपुर नगरपालिकाले नगद ७५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

कार्यक्रमका अवसरमा प्रतियोगितामा प्राप्त शिल्ड र प्रमाण पत्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रम नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिलबहादुर खाँणको सञ्चालनमा सम्पन्न हो ।

You might also like

Comments are closed.