नेपाल डेरी एशोसिएशनले शुरु गरेको मोही अभियानले सार्थकता पाउँदै

काठमाडौं । नेपाल डेरी एशोसिएशनले सुरु गरेको मोही अभियानले सार्थकता पाउँदै गएको छ ।

धेरै अघिबाट सुरु भएको मोही सेवन गराउने कार्यक्रमले गती लिंदैँ गरेकोमा एशोसियशनका अध्यक्ष प्रल्हाद दाहालले खुशी व्यक्त गरेका छन् । आध्यक्ष दाहालले खुशी हुदै आफ्नो फेसबुकमा मोही अभियानलाई साथ दिनुहुने सबैलाई धन्यवाद दिएका छन् ।

उनले आफ्ना विशेष महोत्सवमा सबैलाई मोही राख्न आग्रह पनि गरेका छन् । शनिवार दशरथ रंगशालामा भएको “राइट टु प्रोटिन हाफ म्याराथन कार्यक्रम” मा सबै म्याराथन धावकलाई आयोजकले मोही सेवन गराइएको थियो ।

आयोजक नेपाल भेटनरी एशोसिएशनको टिमलाई विशेष धन्यवाद दिंदै डेरी एशोसियशनले सुरु गरेको मोही अभियानको प्रभाव विस्तार सुरु भएको अध्यक्ष दाहालले बताए । नेपाल भेटनरी एशोसिएशनको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीलाई मोही सेवन गराइएको हो ।

यसरी धेरै ठूला कार्यक्रमहरु र विशेष महोत्सवहरुमा मोहीको उपभोग हुन थालेपछि बिस्तारै बानी पर्छ र सबैतिर अनिवार्य आफैँ उपभोग हुन थाल्छ । यो नै अभियानको सफलता हो । राम्रो काम शुरु गर्नुपर्छ ढिलो चाँडो पक्कै सफलता मिल्छ ।

अहिले पनि नेपाल डेरी एशोसिएशनले प्रत्येक शनिवार दरबारमार्गमा रहेको ओरेण्ट क्याफेमा लाग्ने रैथाने कृषि उपजको बिक्री मेलामा ठेकीमा प्रत्यक्ष तुल्याई मेलामा आउने सबैलाई अभियानकै रुपमा मोही सेवन गराउने गरेको छ ।

डेरी एशोसिएशनले सुरु गरेको मोही अभियानले सार्थकता पाएको बताउँदै दाहालले मोही सेवन गराउन र अभियानलाई साथ दिएकामा सबैलाई धन्यवाद दिंदै अब हुने सबैखाले कार्यक्रममा मोही अनिवार्य राख्न सबैलाई आग्रह गरेका छन् ।

lcci
You might also like

Comments are closed.