काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४, को अवसरमा प्रभु क्यापिटल लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
हरेक वर्ष मार्च २२ देखि २८ गतेसम्म मनाउने विश्व वित्तीय सप्ताह खासगरी किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा मनाउने गरिन्छ । सो अन्तर्गत गत चैत ८ र ९ गते दुुई दिन वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।
चैत ८ गते कीर्तिपुरमा रहेको केन्द्रीय व्यवस्थापन विभाग, त्रिभुवन विश्वविद्यालय अध्ययन गरिरहेका विद्यार्थीलाई प्रभु क्यापिटलकै कार्यालयमा भिजिट मर्चेन्ट बैंक अन्तर्गत मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिम सम्बन्धी र चैत ९ गते पब्लिक यूथ क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई शेयरमा कसरी लगानी गर्ने, वित्तीय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी दिइएको छ ।
विद्यार्थीलाई मर्चेन्ट बैंकले गर्ने कार्य, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा सहजकर्ता प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सहजिकरण गर्दै जानकारी गराएका छन् ।
विद्यार्थीले लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैलीलाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पुँजी बजारको विभिन्न उपकरणको अवसर, जोखिम बारेमा जानकारी लिएका छन् ।
पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई कसरी सानै उमेर देखि आफुसंग रहेको पैसालाई एकीकृत गरी पुँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीको अवसर र चुनौतीका विषयमा जानकारी दिइएको हो ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यस विश्व वित्तीय सप्ताहको अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।
Comments are closed.