दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर २ हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।

आज ३०४ कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २३६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूह ० दशमलव ४५, उत्पादन तथा प्रशोधन २ दशमलव १९, म्युचुअल फन्ड ० दशमलव १९ र व्यापार समूह ० दशमलव ३० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

jutta mela

बैंकिङ १ दशमलव २२, विकास बैंक १ दशमलव ४९, वित्त ० दशमलव ८५, जलविद्युत् १ दशमलव १२ र लगानी समूह ० दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन बीमा समूह ० दशमलव ९६, उत्पादन २ दशमलव २५, निर्जीवन बीमा ० दशमलव ७७ र अन्य समूह ० दशमलव ५४ प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु २८ करोड ९० लाख २५ हजार ८५६ बराबरको कारोबार भएको छ । रासस

You might also like

Comments are closed.