घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर ४४ हजार २४९ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह ० दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह १ दशमलव ७२ र व्यापार समूह १ दशमलव ६० प्रतिशतले घटेको छ ।

jutta mela

आजको कारोबारमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५ दशमलव ६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ९ करोड ७२ लाख २२ हजार ३२० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३० हजार १८२ बराबरको कारोबार भएको छ । रासस

You might also like

Comments are closed.