जिहो – नयाँ वर्ष २०८१, “वि स्मार्ट राइड स्मार्ट अफर”

काठमाडौं । सिएफमोटो र जिहो ब्राण्डको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले “वि स्मार्ट राइड स्मार्ट अफर” अफर ल्याएको छ ।

 

नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै आफ्नो “वि स्मार्ट राइड स्मार्ट अफर” नामक अफर यही चैत १५ देखि बैशाख ३१ सम्म लागु रहने गरी सार्वजनिक गरेको छ ।

 

अफर अन्तर्गत, कम्पनीले आफ्नो जिहो ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकका लागि अफर स्वरुप स्क्याच गरी ८ हजार १०० देखि ८१ हजार रुपैयाँसम्म छुट पाउन सकिने जनाइएको छ । यसका साथै ग्राहकले फ्रि थर्ड पार्टी इन्स्योरेन्स र फ्रि हेलमेट पनि पाउन सक्नेछन् ।

 

jutta mela
कम्पनीले आफ्ना एक्सजेन्जमा आउने ग्राहकको सन्दर्भमा भने सिधै १५ हजार रुपैयाँ थप मूल्याङ्कन, फ्रि थर्ड पार्टी इन्स्योरेन्स र फ्रि हेलमेटको व्यवस्था गरेका छन् । एक्सचेन्ज खरिदमा स्क््रयाच कार्डको अफर लागु नरहने कम्पनीले जानकारी दिएको छ ।

 

अफर अन्तर्गत ग्राहकले कम्पनीले राखेको बम्पर अफरमा भने सम्मान रुपमा सहभागीता जनाउन सक्नेछन् । जसमा एकजना भाग्यशाली विजेताले कम्पनीको तर्पmबाट ४ रात र ५ दिनको थाइल्याण्ड भ्रमणको प्याकेजको सुबिधा प्राप्त गर्न सक्ने बताइएको छ ।

 

AE6+ मोडल जिहोको स्मार्ट अर्वन राइडमा प्रेरित आकर्षक डिजाइन र प्रविधिमा निर्मित उच्चतम प्रतिफल दिने इलेक्ट्रिक स्कुटर मात्र नभई आजको आवश्यकता, ग्राहकको अपेक्षाको पूर्ण विश्वास दिन सक्ने सफल स्कुटरको रुपमा स्थापित हुँदै गरेको स्कुटर भएको जानकारी कम्पनीले दिएको छ ।

 

साइड माउन्टेड गिएर जडित ड्राइभ मोटरको पिक पावर ५.५ किलोवाट रहेको स्कुटरमा दुई यात्रीले मज्जाले जस्तोसुकै अप्ठ्यारोमा पनि यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

 

यसमा Zeeho Ride Apps, Cruise Control, Stand र Seat Sensor, IP 67 Protection, Weather Protected seat जस्ता बिशेषताले यस स्कुटरलाई ग्राहकमाझ लोकप्रिय बनाएको छ । यसमा १.५ किलोवाट क्षमताको स्कुटर मात्र ३.५ घण्टामा फूलचार्ज गर्न सकिने Ampace  ब्राण्डको Lithium Ion Battery दिइएको छ ।

 

यसैगरी बढी रेन्ज, स्पीड र यूनिक राइडिङ्ग (फिल) महशुस गर्न चाहने ग्राहकका लागि जिहोको अर्को मोडल AE8 मा मिड माउन्टेड मोटर जसमा १२.५ किलोवाटको पिक पावर एक सय बढी प्रतिघण्टाको स्पीड, २.३ किलोवाटको २ वटा Ampace  Brand को Lithium Ion Battery जसलाई मात्र ४ घण्टामा पूmल चार्ज गर्न सकिने र Reserve Gear, Cruise Control, Zeeho Ride Apps, IP 67 protaction, विभिन्न सेन्सर जस्ता विशेषताहरु दिइएका छन् ।

 

यस स्कुटरमा एकचोटी पूmल चार्ज गरी १६० किलोमिटरसम्मको यात्रा तय गर्न सकिनेछ । साथै १२.५ किलोवाटको पिक पावर भएको कारण यो स्कुटरमा उकालो, अप्ठ्यारो बाटोमा सहजै रुपमा दुई जनाले यात्रा गर्न सकिनेछ ।

 

जिहोको दुबै मोडलहरु ब्याट्रीमा ३ वर्षको वारेण्टी, मोटरमा २ वर्षको वारेण्टी, कन्टो«लर तथा चार्जरमा एक वर्षको वारेण्टी र  AE8 model को Belt मा १० हजार  किलोमिटर तथा एक वर्षको वारेण्टी दिइएको छ ।
You might also like

Comments are closed.