पाल्पामा एसइई परीक्षामा ५९ विद्यार्थी अनुपस्थित

सुशीला रेग्मी

रामपुर (पाल्पा) । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाल्पामा ५९ विद्यार्थी अनुपस्थित भएका छन् ।

नियमिततर्फ ३० छात्रा र २० छात्र गरी ५०, प्राविधिक धारतर्फ एक छात्र, ग्रेडवृद्धितर्फ दुुई छात्रा र छ छात्र गरी जिल्लामा जम्मा ५९ विद्यार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

परिक्षामा चार हजार १८२ सम्मिलित हुनपर्नेमा ५९ विद्यार्थी अनुपस्थित भएका हुन् । आज पहिलो दिनको परीक्षा जिल्लाका सबै परीक्षा केन्द्रमा शान्त र सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको इकाइ प्रमुख सुवेदीले बताए । आज पहिलो दिन विद्यार्थीले अंग्रेजी विषयको परीक्षा दिएका छन् ।

jutta mela

जिल्लाभित्र कुल २७ वटा केन्द्र तोकिएको छ । परीक्षाका लागि २७ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, २१० निरिक्षक, ४० जना परीक्षा सहायक, ८४ कार्यालय सहयोगी, ४१० सुरक्षाकर्मी परिचालन गरिएको इकाइ प्रमुख सुवेदीले बताएका छन् ।

सामुदायिक र संस्थागत गरी जम्मा १३८ विद्यालय परीक्षामा सम्मिलित छन् । जसमा सामुदायिक माध्यमिक विद्यालयतर्फ ११८, संस्थागत माध्यमिक विद्यालयतर्फ १९ र एकवटा खुुला विद्यालय छन् ।

पाल्पामा २०७६ मा पाँच हजार १८ जना, ०७७ मा चार हजार ८८४ विद्यार्थी, ०७८ मा चार हजार ७८२ जना, ०७९ मा चार हजार ५५४ जना र ०८० मा चार हजार १८२ जनामा ५९ जना अनुपस्थित रहेको समन्वय इकाइको तथ्याङ्क छ ।

विहिवारदेखि सञ्चालन भएको परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म चल्नेछ ।

You might also like

Comments are closed.