नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक ४ दशमलव ७८ अङ्कले उकालो लागेर २ हजार ३५ दशमलव ६४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर ३५९ दशमलव ०९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कुल ६६ लाख १४ हजार ४४५ कित्ता शेयर रु २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३७ लाख ६२ हजार ८६९ बराबरको कारोबार भयो ।

jutta mela

त्यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड १९ लाख ८९ हजार ५५८, शिवम् सिमेन्ट रु १५ करोड ३९ लाख ३३ हजार ६४९, सोनापुर मिनरल्स रु ११ करोड १८ लाख ५३ हजार १६८ र पिपल्स पावर रु ७ करोड ३ लाख २३ हजार १७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट ९ दशमलव ९६, हिमालयन हाइड्रोपावर ८ दशमलव ७३, सामलिङ पावर कम्पनी ८ दशमलव ०७ र पिपल्स पावरका लगानीकर्ताले ७ दशमलव ४४ प्रतिशतले कमाएका छन् ।

उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड ६ दशमलव ८०, जोशी हाइड्रोपावर ३ दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३ दशमलव २८ प्रतिशतले गुमाएका छन् । रासस

You might also like

Comments are closed.