वालिङ नगरपालिकाले बाख्रापालक किसानलाई बीउ पूँजी उपलब्ध गराउने

वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले बाख्रापालक किसानका लागि बीउ पूँजी उपलब्ध गराउने भएको छ ।

वालिङ नगरपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत “मासुमा आत्मनिर्भर कार्यक्रम र बाख्रा विकास कार्यक्रम” अन्तर्गत बाख्रापालक किसानका लागि नगरपालिकाले बीउ पूँजी उपलब्ध गराउने भएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत “मासुमा आत्मनिर्भर कार्यक्रम र बाख्रा विकास कार्यक्रम” शीर्षकमा विनियोजित रकमबाट वालिङ नगरकार्यपालिकाको गत माघ २४ गतेको निर्णय अनुसार बाख्रापालक किसानका लागि बीउ पूँजी उपलब्ध गराइने नगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

jutta mela

यही चैत १३ गते मङ्गलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित सूचना मार्फत बाख्रापालक किसानलाई बीउ पूँजी उपलब्ध गराउने जानकारी गराइएको हो ।

मिति २०८० माघ २४ गतेको निर्णय अनुसार यस नगरपालिकाभित्र व्यावसायिक बाख्रापालन गरिरहेका र आर्थिक मन्दीका कारण व्यवसायमा समस्या परेका किसानहरुलाई व्यवसाय पुनस्र्थापनाका लागि बीउ पूँजी रकम उपलव्ध गराउने कार्यक्रम रहेकोले इच्छुक व्यवसायीक बाख्रापालक किसानले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा निवेदन पेश गर्नुहुन सूचनामा उल्लेख गरिएको छ ।

व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी, कर चुक्ता प्रमाण, निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी, संक्षिप्त व्यवसायीक प्रस्ताव, बीउपूँजी नियमानुसार चुक्ता गर्ने प्रतिवद्धता पत्र लगायतका कागजात सहित उपस्थित हुन नगरपालिकाले सूचनाद्वारा जानकारी गराइएको छ ।

 

You might also like

Comments are closed.