रामपुरमा सहकारी संस्थाका लागि ऋण व्यवस्थापन सम्बन्धी तालिम सुरु

रामपुर (पाल्पा) । सहकारी संस्थाहरुका लागि ऋण व्यवस्थापन सम्बन्धी तीन दिने तालिम पाल्पाको रामपुरमा सुरु भएको छ ।

सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनका बिहिवार देखी तालिम सुरु भएको हो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले तालिमको उद्घाटन गर्दै हरेक सहकारीले उत्पादनको क्षेत्रमा ऋण प्रवाह गर्न आग्रह गरे । उनले नगरभित्र सञ्चालित सहकारीले लगानी गर्दा लगानी गर्नका लागि मात्र नभएर उत्पादन र ऋणको सही सदुपयोग गर्न सक्ने आधार एकिन गरेर मात्र लगानी गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

jutta mela

नगर भित्रका हरेक सहकारीको कार्य सम्पादन अनुगमन गर्ने बताउँदै नगर प्रमुख थापाले सहकारी संस्थाको प्रबर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । साथै नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा सहकार्य गर्न सहकारी संस्थाहरुलाई अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवी भण्डारी गौतमले नगरबासीको आर्थिक समृद्घिका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरिन् । तीन दिन सम्म चल्ने तालिमको सहजिकरण रामपुर नगरपालिकाको रोजगार शाखा संयोजक गणेशप्रसाद रेग्मीले गरिरहेका छन् ।

तालिममा नगरपालिका भित्रका २१ जनाको सहभागिता रहेको छ । नगरपालिकाको सभाहलमा भएको तालिम शुभारम्भ कार्यक्रम रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवी भण्डारी गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गरेकी हुन् ।

You might also like

Comments are closed.