हरिप्रसाद लम्साल सचिवमा बढुवा

काठमाडौं । प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त सचिव पदमा डा. हरिप्रसाद लम्साल बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो । बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको थियो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा. हरिप्रसाद लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको थियो ।

jutta mela

सिफारिस भएका ३ जनामध्येबाट १ नम्बरमा सिफारिस भएका लम्साललाई सचिवमा बढुवा गरिएको हो । उनी २३ कात्तिक यता सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत थिए ।

You might also like

Comments are closed.