नेपाल इटाली चेम्बर अफ कमर्सको १० औँ साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) को १० औँ वार्षिक साधारण सभा सकिएको छ ।

काठमाडौंको होटल बाराहीमा भएको साधारण सभा इटाली र नेपालबीच बलियो व्यवसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महत्वपूर्ण कदम सावित भएको छ । प्रमुुख अतिथि नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री रेखा शर्माल एनआईसीसीआई डाइरेक्टरीको अनावरण गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि शर्मा, राजेश काजी श्रेष्ठ, प्रतिमा पाण्डे लगायतले एनआईसीसीआईले विगत वर्षमा हासिल गरेका उपलब्धिबारे चर्चा गरेका थिए । कार्यक्रमको अवसरमा नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई अझ वृद्धि गर्ने चेम्बरको अटुट प्रयासलाई जोड दिइएको छ ।

jutta mela

नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपालका महावाणिज्य दुत प्रतिमा राणा पाण्डे लगायत एनआईसीसीआईका अन्य प्रमुख व्यक्तिलाई चेम्बरको उद्देश्यप्रति उनीहरुको अटल प्रतिवद्धताको लागि सम्मान गरिएको छ । द्विपक्षीय व्यापार सम्बन्धको विकासमा अमूल्य योगदान गर्ने व्यक्तिलाई कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको छ ।

एनआईसीसीआईका अध्यक्ष अग्रवालले सबै सदस्यले गरेको साथ सहयोग र समर्पणको लागि धन्यवाद दिएका छन् । उनले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्न एनआईसीसीआईको प्रतिवद्धता रहिरहने बताएका छन् ।

साधारण सभाको अवसरमा नवनियुक्त सदस्यलाई स्वागत र सम्मान गर्नुका साथै एनआईसीसीआईको नेपाल र इटालीबीचको व्यापार, लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यप्रति उनीहरुको समर्पणलाई प्रमाणको रुपमा सदस्यता प्रमाणपत्र प्रदान गरिएको छ ।

एनआईसीसीआई आफ्नो १० औं वार्षिक साधारणसभाको सफलतापछि व्यापार र लगानीका अवसलाई सहजिकरण गर्ने आफ्नो लक्ष्यमा अझ बढी अडिग र समर्पित छ ।

चेम्बर द्विपक्षीय सम्बन्धलाई थप बलियो पार्न र दुवै देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउन नयाँ पहल थाल्ने तयारीमा रहेको छ । कार्यक्रममा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठित व्यक्तिको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.