भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको समिक्षा

उद्घाटन ¥यालीमा ८० हजार बढीको सहभागीता

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक गरेको छ ।

शुक्रबार चितवन एक्सपो सेन्टरमा भरतपुर महानगरले फागुन १८ गते नारायणी किनारमा भएको उद्घाटन कार्यक्रमका उपलब्धीहरु सार्वजनिक गरेको हो । महानगरले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रमको ¥यालीमा करिब ८० हजार जना भन्दा बढी भरतपुरबासी उपस्थित भएको बताइएको छ ।

¥यालीमा १४५ विद्यालय, १४३ धार्मिक संघ संस्थाहरू, ३८७ आमा समूहको पहिचानसहित सहभागिता रहेको थियो । त्यसैगरी ६२९ टोल विकास संस्था, ३४ सामुदायिक वन, १४९ निजी तथा सामुदायिक संघ संस्था, ७६ क्लवसहित विभिन्न जनजाति, भेषभूषामा उपस्थिति रहेको महानगरले जनाएको छ ।

jutta mela

महानगरपालिकाले समग्र रुपमा उद्घाटन कार्यक्रम ऐतिहासिक र गर्व गर्न लायक बन्न पुगेको बताएको छ । उद्घाटन कार्यक्रम जस्तै वार्षिक रुपमा सबैको साथ र सहयोगबाट भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने अपेक्षा लिएको जनाएको छ ।

स्थानीय तहले आयोजना गरेको महाअभियान पालिकाको मात्र नभई सिंगै राष्ट्रको कार्यक्रम हुन पुगेको महानगरले जनाएको छ । अभियानका बारेमा कुनै गभ्भीर त्रुटीबारे गुनासो र उजुरी नपरेकाले सम्रगमा उद्घाटन कार्यक्रम सफल भएको महानगरपालिकाले बताएको छ ।

कार्यक्रममा उपस्थित विशिष्ठ पाहुनाले अभियानप्रति ऐक्यबद्धता जनाउदै दिएको शुभकामना मन्तव्यले थप उत्साहित बनाएको महानगरले जनाएको छ । उद्घाटन कार्यक्रमको तयारी, प्रचार–प्रसार एवम् व्यवस्थापनमा करिब एक करोड खर्च भएको जनाएको छ ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहले पर्यटन सम्बन्धी गरेको यो नै पहिलो र ऐतिहासिक कार्यक्रम बन्न पुगेको बताइन् । देशमा देखा परेको आर्थिक मन्दी र जनतामा परेको नकारात्मक छापलाई चिर्दै आर्थिक अवस्थालाई चलायमान बनाउदै सकरात्मक सोचको विकास गर्न यो अभियान आयोजना गरिएको प्रमुख दाहालले स्पष्ट पारिन ।

भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यहाँका निजी क्षेत्र, व्यवसायी, समाजसेवी तथा सम्पूर्ण भरतपुरवासीको निरन्तर साथ र सहयोगको उनले अपेक्षा गरिन् । भ्रमण वर्षलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरु हुने क्रम जारी रहेको र थप कार्यक्रमहरु भरतपुरमा आयोजना गर्न आग्रह पनि गरिएको उनले जानकारी दिइन् ।

भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार र निम्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बाडिएको र त्यसको प्रतिक्रियाले उत्साहित बनेको उनको भनाइ थियो । भ्रमण वर्षको सन्दर्भ पारेर दुई महत्वपूर्ण पर्यटकीय गन्तव्य दियालो बंगला र वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ हेर्न मिल्ने व्यवस्था मिलाउन सफल भएको महानगर प्रमुख दाहाल बताउँछिन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेसका सचिब ध्रुवराज मिश्र, नेकपा एमाले सचिव प्रकाश ढुङ्गना, नेकपा माओवादी केन्द्रका संयोजक आरसी अधिकारी, समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपाने लगायतले भरतपुर भ्रमण वर्षका सन्दर्भमा आफ्ना धारणा राखेका छन् ।

यसैबीच भ्रमण वर्षको उद्घाटन कार्यक्रममा उत्कृष्ट ¥यालीमा व्यापक सहभागिता जनाउन प्रोत्साहन स्वरूप प्रथम हुने वडालाई रू १ लाख, द्वितीय हुने वडालाई ७५ हजार र तृतीय हुने वडालाई रू ५० हजार बरावरको कार्यक्रम तथा जिन्सी समान उपलब्ध गराउने घोषणा अनुसार पुरस्कार प्रदान गरिएको छ । जसमध्ये वडा नं २८ प्रथम, वडा नं. ३ द्वितीय र वडा नं. १० तृतीय भएका थिए । ¥यालीमा उत्कृष्ट झाँकी, भेषभूषा, जातजातिको झाँकी प्रर्दशन गर्ने समूहलाई पनि नगदसहित पुरस्कार प्रदान गरिएको छ ।

You might also like

Comments are closed.