बीमा अभिकर्ता सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको आयोजनामा बीमा अभिकर्ता सम्बन्धी तालिम सम्पन्न भएको छ ।

गत चैत १३ गतेदेखि १६ गतेसम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिलाई लक्षित गरेर निर्जीवन बीमा अभिकर्ता सम्बन्धी तालिम सञ्चालन भएको हो ।

तालिममा विभिन्न जिल्लाबाट ३१ जनाको उत्साहजनक सहभागी थिए । तालिम पश्चात कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताले कम्पनी, ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षासहित तालिम आयोजना गरिएको बताइएको छ ।

jutta mela

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरेबमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहकले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

You might also like

Comments are closed.