बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपको बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न भएको छ । स्काई गार्डेन रिसोर्ट धुलिखेलमा सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २९ मार्चमा सफलतापूर्वक सम्पन्न गरिएको छ ।

कार्यक्रममा विजेतालाई बालाजु अटो वर्कसका प्रवन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै कम्पनीका विभाग प्रमुखबाट महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरलाई विभिन्न उपाधिले सम्मान गरिएको छ ।

जसमा बेस्ट फोटो अफ द केयर फेस्ट – अग्नि आस्था इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट – ओम बाराही अटो वर्कस, हाइएस्त एम ट्रयाक इनरोलमेन्ट – अग्नि आस्था इटहरी, हाई पफर्मर – अग्नि आस्था भैरहवा, हाई याचिबर – ठाकुर अटो केयर सेन्टर प्रालिले जित्न सफल भएको छ ।

jutta mela

साथै म्यनाजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता केसी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ –शशी पजियर साथै एम।के इंकार्पोरेटेड प्रालिबाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ – राजेश लाघेलाई सम्मान गरिएको छ ।

बालाजु अटो वर्कसका प्रवन्ध निर्देशक शर्माले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरेका छन् । उनले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिवद्धताका साथै सँगै काम गरेर हामी दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्छौं भन्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा अग्नि ग्रुप, नेटवर्कस लगायतका व्यक्तिको सहभागीतामा मीट सम्पन्न भएको हो ।

 

 

You might also like

Comments are closed.