जि.डब्लु.एम.का गाडीमा ‘शानदार नयाँ वर्ष २०८१’ अफर

काठमाडौं । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जि.डब्लु.एम को नेपालका लागि आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रालीले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ ।

यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीमा विशेष आकर्षक अफरहरु प्रवद्र्धन गरिएको छ । जि.डब्लु.एमका मोडेलमा ल्याइएका यी अफरमार्फत ग्राहकले उल्लेखनीय लाभहरू पाउनेछन् ।

ओरा ०३ ईभी मा भारी नगद छुट, फ्री एसेसरीज, एकवर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जरसहित रु ५ लाखसम्मको फाइदा पाउने बताइएको छ । हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एकवर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ नयाँवर्ष अविष्मरणीय बनाउन सक्नेछन् ।

jutta mela

जि.डब्लु.एम नेपालले अटोमोटिभ उत्साहीलाई उनीहरूको ड्राइभिङ अनुभवमा प्रभाव र लक्जरीका अतुलनीय फाइदाहरू ल्याउने सम्झौताका साथ नयाँवर्ष विशेष बनाउने मौका प्रदान गरेको छ । ग्राहकले जि.डब्लु.एमको शोरूमबाट टेस्ट ड्रइभ गर्न सक्नेछन् । साथै यो अवसर २०८१ को रोमाञ्चक र सुन्दर सुरुवातको लागि विशेष रहेको छ । यी विशेष सम्झौतालाई जिडब्लुएको शोरूममा उनीहरुलाई प्रत्यक्ष रूपमा अनुभव लिन पाइनेछ ।

ओरा ०३ इभी : ५ लाखसम्मको फाइदा
नयाँवर्ष ईलेक्ट्रिक गाडी उत्साहीले जिडब्लुएमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, एकवर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनसको सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकले यसको स्टाइल र लक्जरीसहित निशुल्क सेभेन के डब्लु फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर, मोटर कन्ट्रोलरमा ८ वर्षसम्म एक लाख ५० हजार किलोमिटर वारेन्टी लगायतका सुविधा लिएर वातावरणमैत्री र सहजयात्राको अनुभव लिन सक्नेछन् ।

हाभल एच सिक्स, र जोलायन  : ८ं.५ लाखसम्मको फाइदा
हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव लिएर ८.५ लाख सम्मका फाइदा लिन सकिन्छ । आकर्षक नगद छुट, एकवर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउने अपेक्षा गरिएको छ ।

पावर : १० लाखसम्मको फाइदा
जिडब्लुएमकोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख सम्मको फाइदा लिन सकिनेछ । इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधा र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ ।

जि.डब्लु.एम.को बारेमाः
जि.डब्लु.एम.ले अटोमोटिभ नवाचारलाई प्रोत्साहन गर्दै हाल नेपालमा हाभल एच् सिक्स, हाभल जोलायन, ओरा ०३ इभी, पावर र वीङ्गल सिक्स लगायत विभिन्न मोडलहरू सार्वजनिक गरेको छ ।
ग्रेटवाल मोटर (जिडब्लुएम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो । जसको विश्वबजारमा विश्वभर नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको यस कम्पनीको कर्मचारी संख्या ७० हजार भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ ।

चीनबाहेक जि.डब्लु.एम.ले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा सफलतापूर्वक बिक्री गरिरहेको छ । भिजी. इम्पेक्स नेपालमा ग्रेटवाल मोटरको आधिकारिक आयातकर्ता हो, जसले जि.डब्लु.एम.को विश्वव्यापी लाइनअपहरू नेपाली बजारमा ल्याउन सफल भएको छ । साथै आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवालाई पनि निरन्तर स्तरोन्नति गर्दै नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।

 

You might also like

Comments are closed.