राकुटेन भाइबरले फेरि ल्यायो ‘एक्सप्लोर नेपाल नयाँ वर्ष’ अभियान

काठमाडौं । एक्सप्लोर नेपाल च्यानलका सब्सक्राइबरहरूले डोमेस्टिक बस र फ्लाइट टिकटदेखि लग्जरी रिसोर्टहरूमा फ्री स्टेसम्मका आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।

वैशाख १ गते नजिकिँदै गर्दा उत्साह, उत्सव र अन्वेषणको एक भाइब्रेन्ट अवसरको रुपमा आउने नयाँ वर्षलाई स्वागत गर्न नेपाल तयार हुँदैछ । घुमफिरको मोहलाई अँगाल्न, राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरु गर्दैछ । यसले देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदालाई अझै प्रष्ट रुपमा चिनाउने विश्वास गरिएको छ ।

भाइबरले ट्राभल भ्लगर घुमन्तेलाई एक्स्प्लोर नेपाल च्यानललाई रोमाञ्चक अभियानको रूपमा अघि लैजान आमन्त्रित गरेको छ । २०८० चैत्र ७ गतेदेखि घुमन्तेले हाम्रा सब्सक्राइबलाई ६ हप्ताको भर्चुअल अभियानमा नेपालका विविध भू–भागमा घुमाउन लैजानेछन् ।

यस अभियानको विशेष आकर्षणका रूपमा सहभागीका लागि आकर्षक उपहारहरु पनि छन् जुन गतवर्षका उपहार भन्दा अझै माथिका हुने बताइएको छ । च्यानलले प्रत्येक हप्ता एक क्विजको आयोजना गर्नेछ जहाँ भाग्यशाली सहभागीले पार्टनरको सौजन्यमा विभिन्न प्राइजहरू जित्न सक्नेछन् ।

jutta mela

तीन जना विजेताका लागि बस सेवामार्फत् प्रत्येक हप्ता पोखराका लागि दुईवटा प्रिमियम राउन्डट्रिप बस टिकट, एकजना विजेताका लागि सस्तो टिकटबाट प्रत्येक हप्ता पोखराका लागि दुईवटा राउन्डट्रिप डोमेस्टिक फ्लाइट टिकट, सस्तो टिकटले एक भाग्यशाली विजेतालाई अविस्मरणीय माउन्टेन फ्लाइट दुई जनालाई अनुभव पनि गराउने छ ।
बम्पर प्राइजः प्रत्येक दुई विजेताले रानीबन रिट्रिट, पोखरामा ४ जनाको ग्रुपको लागि दुई रातको लक्जरी स्टे प्राप्त गर्नेछन्।
“म फेरि यस अभियानको हिस्सा हुन पाउँदा खुशी छु, गत वर्षको सहकार्यले धेरै युजरहरूलाई रमाइलो भयो । उपहारका कारणले मात्र होइन, यात्राका क्रममा नयाँ–नयाँ दर्शकसँग माया बाढ्न पाएकोले पनि मलाई धेरै आनन्द लाग्यो” घुमन्तेले भने ।

नयाँ वर्ष अभियानले नेपालको प्राकृतिक सौन्दर्यलाई हाइलाइट गरी स्थानीय पर्यटन प्रवद्र्धन गर्ने भाइबरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । “हामी यात्रुलाई देशका प्राकृतिक सम्पदामा डुब्न आमन्त्रित गर्दछौ, हामीले यस अभियानमार्फत हाम्रा कम्युनिटीका सदस्यबीच सार्थक सम्बन्ध बढ्ने र साहसिक भावनाका साथ २०८१ लाई स्वागत गर्ने आशा गरेका छौँ” राकुटेन भाइबरमा एपाकका डाईरेक्टर डेविड चेलेले भने ।

एक्सप्लोर नेपाल च्यानल मार्फत युजरले नेपालका लुकेका सम्पदाहरू कसरी उजागर गर्ने तथा नेपाली जनता र सम्पदाबीचको बलियो बन्धनलाई कसरी बढाउने भन्ने बारेमा प्रेरणा पाउन सक्छन् । युजरहरूले अब एक्सप्लोर नेपाल च्यानलमा सब्सक्राइब गर्न सक्छन्, जहाँ नेपाल नयाँ वर्ष अभियान वैशाख १८, २०८१ सम्म चल्ने बताइएको छ ।

राकुटेन भाइबर
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जो सुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताले वान–टु–वान, भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्र्रिया जस्ता यावत फिचरको लाभ उठाउन सक्छन् । भाइबरले प्रयोगकर्तालाई आफ्ना भावना साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ । राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई–कमर्स र वित्तीय सेवामा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो ।

You might also like

Comments are closed.