६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रामपुरमा अन्तक्र्रिया

रामपुर (पाल्पा) । सहकारी सम्बन्धी अन्तक्र्रिया तथा सचेतना कार्यक्रम पाल्पाको रामपुर नगरपालिकामा मंगलबार सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम ‘सहकारीमा सुशासन प्रविधि र एकिकरण’ भन्ने नाराका साथ ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । नगर प्रमुख रमणबहादुर थापाले पछिल्लो समय सहकारीप्रति जनताको विश्वास कम हुँदै गएकाले सुधार्न आवश्यक रहेको बताए ।

उनले सहकारी संस्थाहरु सहकारीको मर्म र भावना अनुसार चल्न नसक्दा सहकारीमा विकृति सिर्जना भएको भन्दै यसका लागि सञ्चालक समिति र व्यवस्थापकले ध्यान दिनुपर्ने बताउँदै नगर प्रमुख थापाले नगरपालिकाभित्रका सहकारी संस्थाको प्रवद्र्धन र विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।

jutta mela

उनले एउटै उद्देश्य रहेका सहकारीहरु एकिकरण गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे । नगरपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाले गरेका लगानी उठाउनका लागि कानुनको दायरामा ल्याउन आवश्यक सहयोग गर्ने नगर प्रमसख थापा बताउँछन् । पछिल्लो समय सहकारीप्रति नकारात्मक धारणा र सन्देश आएको भन्दै यसलाई चिर्न आवश्यक रहेको औँल्याएका छन् ।

नगर उपप्रमुख बालकुमारी थापाले सहकारी संस्थाको सही व्यवस्थापन र सञ्चालनका लागि सञ्चालक समिति र व्यवस्थापकले ध्यान दिन आग्रह गर्दै हरेक सहकारीले लगानी गर्दा सही क्षेत्र र व्यक्तिलाई लगानी गर्नुपर्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले अन्य देशमा सहकारीको माध्यमबाट विकासले फड्को मारेपनि नेपालमा सोँचे अनुरुप विकास हुन नसकेको उल्लेख गर्दै सहकारी गरिव जनताले अपनत्व ग्रहण गर्ने गरी घर–घरमा पुग्न नसक्नु दुर्भाग्य भएको, सहकारीलाई सबैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताए ।

नगर प्रवक्ता एवन् वडा नं.१ का वडाध्यक्ष कपिलबहादुर खाँणले संख्यात्मक रुपमा सहकारी बढी भएपनि गुणात्मक रुपमा सुधार्न आवश्यक रहेको र नगरपालिकाभित्रका हरेक सहकारीलाई पुँजीको सही परिचालन गर्न आग्रह समेत गरेका छन् ।

नगरपालिकाभित्रका सहकारी संस्थाका सञ्चालक समितितका अध्यक्ष, सचिव, र लेखा समितिका संयोजक गरी ७५ जनाको सहभागिता रहेको कार्यक्रममा नगरपालिकाका रोजगार शाखा प्रमुख तथा सहकारी शाखाका संयोजक गणेशप्रसाद रेग्मीले सहकारीको इतिहास, नेपालमा सहकारीको वर्तमान अवस्था, सहकारी सचेतना लगायतका विषयमा सहजिकरण गरेका हुन् ।

कार्यक्रममा सहभागीले नगरपालिकाभित्रका सहकारीको नियमन गर्नुपर्ने, सहकारी संस्थाको विकास र कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका थिए । रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवी भण्डारी गौतमको अध्यक्षतामा भएको हो । कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा चलेको थियो ।

You might also like

Comments are closed.