पोखरा रोयल साकोसका सदस्यलाई आविष्कार हस्पिटलमा उपचारमा सहुुलियत

पोखरा । पोखरा रोयल सहकारी र आविष्कार हस्पिटल बीच सम्झौता भएको छ ।

पोखरा रोयल साकोसका सदस्यलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुुलियत प्रदान गर्ने उद्धेश्यका साथ आविष्कार हस्पिटल आथ्रोप्लाटी एण्ड ट्रमा सेन्टर प्राली पोखरासंग दुई पक्षीय सम्झौता गरिएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुुरुङ र आविष्कार हस्पिटल प्रालीका तर्फबाट प्रवन्ध निर्देशक डा.कृष्ण बोगटीले सम्झौता पत्रमा हस्ताक्षर गरेको सहकारीका सूचना अधिकारी मिलन ढकालले जानकारी दिए ।

jutta mela

पोखरा रोयल सहकारी विगत २२ वर्षदेखि र आविष्कार हस्पिटल विगत ३ वर्षदेखि पोखरा १० बुद्धचोकमा नै सेवारत रहेका संस्थाहरु हुन् । सम्झौता बमोजिम अस्पतालको सेवा लिए वापत फार्मेसीमा ५ प्रतिशत र ओ.पि.डि लगायत सबै प्रकारका सेवामा २० प्रतिशत पोखरा रोयल सहकारीका सदस्यहरुले छुट पाइने बताइएको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले आफ्ना सदस्यको स्वास्थ्य, सुरक्षा, सहजता र सुविधालाई सधैँ पहिलो प्राथमिकतामा राखेर कार्य गर्ने तथा निरन्तर एकपछि अर्को गर्दै सदस्य हितका लागि नविनतम कामको थालनी गर्दै जाने बताएका छन् ।

अस्पतालका प्रवन्ध निर्देशक डा. कृष्ण बोगटीले पोखरा रोयल साकोस संगको सहकार्य फलदायी र दिगो हुने विश्वास लिदै सहकारीको परिचय खुल्ने कुनै एक आधार लिएर आउने हरेक सदस्यलाई सम्झौतामा उल्लेख भए बमोजिम छुट दिने जानकारी दिए ।

You might also like

Comments are closed.