लुम्बिनी र बागमती प्रदेशमा एनसेलको फोरजी सेवा सुधार

काठमाडौं । एनसेलले लुम्बिनी र बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवामा सुधार गरेको छ । लुम्बिनी र बागमतीका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ ।

एनसेलले फोरजी सेवा सुदृढ गरेका स्थानमा बागमती प्रदेशको चौतारा साँगाचोक गढी, इन्द्रसरोवर, मन्थली र थाहा पर्छन् भने लुम्बिनी प्रदेशका भुमेकास्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन र तिनाउमा सेवा सुधार गरिएको छ ।

यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरेको थियो ।

jutta mela

फोरजी सेवा विस्तार गरी आधुनिक मोबाइल ब्रोडब्यान्डमा सहज पहुँच सुनिश्चित गराउने प्रतिबद्धताअनुरुप एनसेलले गत माघमा मधेस र गण्डकी प्रदेशमा पनि आफ्नो फोरजी सेवामा थप सुधार गरेको बताइएको छ । देशका विभिन्न भागमा विस्तारित फोरजी सेवालाई सुधार गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।

सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ । कम्पनीले तीनवटा डबल मजा प्याकहरू सञ्चालनमा रहेका छन् । रु १५० मा सुरु हुने यो प्याकमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरी सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्तगरी यसको फाइदा लिन सक्छन् ।

लोकप्रिय इण्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुटको विशेष अफर पनि छ । यो अफर अन्तर्गत ग्राहकले अझ सुलभ शुल्कमा भारत भ्रमणको बेलामा सजिलै दूरसञ्चार सेवाबाट फाइदा लिन सक्छन् । एनसेलको सेवाहरुमा थप सुधार हुँदै गएको छ भने ग्राहकले अनलाइन बैंकिङ कारोबार लगायतका कामका लागि एनसेल नम्बरहरू रोजिरहेका छन् र प्रयोग गरिरहेका छन् । विभिन्न सरकारी निकायमा एनसेल नम्बरका साथ आफूलाई दर्ता गराएका छन् ।

देशभित्र मात्रै नभई विदेशमा रोमिङमा रहँदा पनि एनसेल नम्बरलाई आफ्नो प्राइम नम्बरको रूपमा प्रयोग गर्ने गरेका छन् । त्यसैगरी, तराईका दुर्गम स्थानहरु लगायत विकटमा पनि एनसेलको नेटवर्क भएकाले गर्दा साना व्यवसायी तथा खुद्रा विक्रेताले एनसेलको विश्वसनीय नेटवर्क÷डेटा सेवाहरू प्रयोग गरेर आफ्ना डिजिटल वालेटमा कारोबारका अलर्टहरू प्राप्त गर्ने गरेका छन् ।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ । कुल जनसंख्याको ९२ प्रतिशत भन्दा बढी जनतामाझ यो सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ । भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ । सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।

You might also like

Comments are closed.