फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० रुपैयाँ लाख मृत्यु दाबी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंयाँ भुक्तानी गरेको हो ।

फरवार्डले मृतक मण्डलका श्रीमती चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रुपमा १० लाख रुपैंयाँको चेक हस्तान्तरण गरेको हो । उनीहरुलाई एक कार्यक्रम बीच माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी, बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले मृत्यु दावी रकम हस्तान्तरण गरे ।

मण्डलले २०७९ मङ्सीर फरवार्ड माईक्रोफाइनान्सको शम्भुनाथ, सप्तरी केन्द्र नं. ४५७ बाट ८ लाख रुपैंयाँ कर्जा लिएका थिए । उनले कर्जा बापतको ४ लाख ४० हजार ७ सय ९७ रुपैंयाँ भुक्तानी गरेका थिए । फरवार्डले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत १२५ प्रतिशत भुक्तानी दिएको हो ।

jutta mela

बीमा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले फरवार्डले विपन्न परिवारका महिलालाई बिनाधित्तो सरल तरिकाले गाउँ–गाँउमा समुह बनाएर लघुकर्जा प्रदान गर्दा गाउँघरमा समयमा पैसा नभएका विपन्न समुदायका लागि वरदान सावित भएको बताइन् ।

घरको गर्जो टार्नका लागि र पैसा नभएर उपचार गर्न नपाएका, छोराछोरीलाई पढाउन पैसा नभएका, स–साना ब्यवसाय सञ्चालन गर्न चाहनेको लागि फरवार्डको लघुवित्त कार्यक्रम महत्वपूर्ण रहेको भन्दै उनले कठिन परिस्थितीमा सस्तो ब्यजदरमा लगानी गर्ने भएकाले गाउँघरमा मिटर ब्याजीको बिगबिगी कम भएको बताइन् ।

माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजबंशीले वित्तीय संस्थाले गाउँ–गाउँमा पुगेर विपन्न समुदायमा वित्तीय सेवा दिइरहेको र ग्राहक सदस्य लक्षित सरल तरिकाले कर्जा प्रवाह गर्ने गरिएको बताए ।

You might also like

Comments are closed.