ॐ हस्पिटलमा ल्यापारोस्कोपिक सर्जरी कार्यशाला सम्पन्न

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकका लागि ल्यापारोस्कोपिक सर्जरी विषयक कार्यशाला सम्पन्न भएको छ ।

स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सक, स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकको दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपाल सोसाइटी अफ अव्सटेट्रिसियन एण्ड गाइनेकोलोजिष्ट (नेसोग) सँगको सहकार्यमा आयोजना गरिएको हो ।

सो कार्यशालालाई सम्बोधन गर्दै ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले यस किसिमको उच्च स्तरिय कार्यशाला ॐ हस्पिटलमा गर्ने अवसरका लागि नेसोग परिवार र संलग्न विशेषज्ञहरु प्रति आभार व्यक्त गरेका छन् ।

jutta mela

ॐ हस्पिटलले अत्याधुनिक प्रविधि सहितको उपचारलाई सधैं प्राथमिकतामा राखेको र अस्पतालले प्रविधि पूर्वाधार, जनशक्तिका क्षेत्रमा हरसम्भव साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यशालामा नेपालका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुको सहभागिता रहेको थियो ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमको अगुवाईमा सञ्चालित कार्यशालामा रुपमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु डा. सरिता खाइँजु र डा. रङ्गिना लाइकाङ्बमले बेसिक ल्यापारोस्कोपि, ल्याप हिस्टेरेक्टोमी, ल्याप सिस्टेक्टोमी लगायत ल्यापारोस्कोपिक सर्जरीका विविध आयामहरुबारे चर्चा गरेका छन् ।

You might also like

Comments are closed.