काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ६ सयले वृद्धि भएको छ ।
आइतबार प्रतितोला रु एक लाख ३५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार २ सय कायम भएको छ ।
तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार ५५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा रु एक हजार ६७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार ६८५ निर्धारण भएको छ । रासस
Comments are closed.