रामपुरमा कार्यस्थलमा हुने दुव्र्यवहारको आचारसंहिता र लैंगिक नीति सम्बन्धि अभिमुखीकरण

रामपुर (पाल्पा) । कार्यस्थलमा हुने सबै प्रकारका दुव्र्यवहारको आचारसंहिता र लैंगिक नीति २०८० सम्बन्धि अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा कार्यालयमा हुने दुव्र्यवहार न्यूनिकरण र अन्त्यका लागि आचारसंहिता र लैंगिक समानता तथा सामाजिक समावेशीकरणयुक्त बजेट निर्माण सम्बन्धि छलफल भएको छ ।

रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई समेटेर बजेट निर्माण गर्ने बताइन् । उनले बजेट निर्माण गर्दा सबैलाई समेटेर गरेपनि शीर्षक नमिलाउँदा राज्यका विभिन्न निकायले गर्ने मूल्याङ्कनमा अङ्क कम आएको उल्लेख गर्दै उनले नगरपालिकाको कार्यालयभित्र हुने विभिन्न दुव्र्यवहारको अन्त्यका लागि आचारसंहिता लागु गरिने बताइन् ।

jutta mela

रामपुर ९ का वडाध्यक्ष डिलबहादुर रानाले आचारसंहिता निर्माण गरी लागु गरेर मात्रै हरेक दुव्र्यवहार अन्त्य नहुने भन्दै यसलाई व्यवहारिक रुपमा उतार्न सबैले कार्यान्वयनको पक्षमा ध्यान दिनु आवश्यक रहेको बताए । रामपुर आयुर्वेद शाखाका प्रमुख चेमनप्रकाश पोखरेलले दुव्र्यवहार गर्न र सहन दुबै नहुने भन्दै यसको न्यूनिकरण र अन्त्य गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रमका स्थानीय तह संयोजक सुर्य किसानले लैंगिक उत्तरदायी बजेट निर्माण, पद्धति र यसको आवश्यकता, महत्वको विषयमा सहजिकरण गरेका हुन् ।

नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख पुजा परियारले कार्यस्थलमा हुने सबै प्रकारका दुव्र्यवहारको आचारसंहिताको विषयमा सहजिकरण गरेको कार्यक्रम रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख थापाको अध्यक्षतामा चलेको हो । कार्यक्रममा वडाध्यक्ष, जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारी लगायत सहभागी थिए ।

You might also like

Comments are closed.