नेपाल वितरक महासंघको १२ औँ साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल वितरक महासंघले १२ औँ साधारण सभा सम्पन्न गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तको अध्यक्षतामा काठमाडौंको बुढानिलकण्ठस्थित पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ मा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वितरक व्यवसायीले राष्ट्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै नीतिगत रुपमा व्यवसायलाई कुनै अप्ठ्यारो परेको भए आफूले सहजीकरण गर्नको लागि सदैव तयार नै रहने बताएका छन् । व्यवसायलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेमा उनको जोड छ ।

सोही अधिवेशनमा वितरक व्यवसायीले वाणिज्य ऐन, यातायात व्यवस्था ऐन लगायतका केही अमिल्दा ऐन नियममा सुधार तथा संशोधनको आवश्यकता रहेको बताएका छन् । सभामा देशभरका वितरक संघबाट प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा वितरक व्यवसायी, विभिन्न क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, समाजसेवी लगायत सहभागी थिए । यो संस्था नेपालमा उत्पादित एवं आयातित वस्तुहरु सहज रुपमा उपलब्ध गराउने काममा संलग्न रहँदै आएका व्यवसायीहरु समेटिएको संस्था हो ।

हाल यस संस्थाका सदस्यमा चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न, कस्मेटिक, चिया, साबुन, धूप, मदिरा लगायतका वस्तुहरु बजारीकरण तथा वितरण कार्यमा संलग्न रहँदै आएका व्यवसायीहरुको संलग्नता रहदै आएको छ ।

देशभर रहेका स्थानीय वितरक संघहरुको समेत अभिभावकीय संस्थाको रुपमा रहेको नेपाल वितरक महासंघले व्यावसायिक सचेतना अभिवृद्धि, विभिन्न समस्या सृजना हुँदा सहजीकरण गर्ने र बजारमा देखिँदै आएको अस्वस्थ प्रतिष्पर्धा न्यूनीकरणको लागि संस्थागत पहल गर्नुको अलावा नीतिगत सुधारको लागि राज्य पक्षलाई घच्घच्याउने लगायतका काममा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

You might also like

Comments are closed.