नयाँ वर्षमा बजाजले रु १ लाखसम्मको उपहार दिँदै

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ ।

बजाजले यस नयाँ वर्षमा ग्राहकलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ । बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकले बजाजका कुनैपनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताले रु. १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् ।

त्यसका साथै ग्राहकले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३०% डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकसँग उपलब्ध हुनेछ ।

jutta mela

योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, “नयाँ वर्षको अवसर पारेर ग्राहकका लागि यो योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । ग्राहकवर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरु लिएर आएका छौँ । ग्राहकलाई हामी बजाजको तर्फबाट नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुका साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्तामैत्री नीतिहरुले गर्दा बजाजका मोटरसाइकल बजारमा सर्वाधिक लोकप्रिय छन् । नवीनता, गुणस्तर र सुपथ मुल्यजस्ता कारणले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.