काठमाडौं । काठमाडौंको ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्ट र बारले नेपाली नयाँ वर्षको अवसरमा कार्यक्रम गर्ने भएको छ ।
नयाँ वर्ष २०८१ को अवसर पारेर आउँदो चैत ३० गते हुने नयाँ वर्ष उत्सव कार्यक्रमको तयारी भइरहेको रेस्टुरेन्टले जनाएको छ ।
कार्यक्रम चैत ३० गते साँझ ६ बजेबाट सुरु हुने बताइएको छ । कार्यक्रममा नेपालको हिमालदेखि तराईसम्मको देशको भूभागलाई दर्शाउने भूस्वरूपको सजावट गरिनुका साथै उत्कृष्ट नेपाली भोजनको स्वाद लिन सकिनेछ ।
नेपाली शैलीमा नयाँ वर्षलाई स्वागत गर्दै, नेपाली खाना, नेपाली सजावटको साथमा उद्घोषक हास्य कलाकार विश्वास तिमिल्सिना (बिटी कान्छा), अमित जंग र “मुक्ति एण्ड रिभाइबल“ को प्रस्तुति रहनेछ ।
Comments are closed.