फरवार्ड माइक्रोफाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दावी बीमा रकम

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई हालसम्मकै ठूलो बीमा रकम प्रदान गरेको छ ।

माइक्रोफाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यको दुर्घटनामा मृत्यु भएपछि उसको परिवारलाई कर्जा बीमा बापत १५ लाख ७५ हजार भुक्तानी गरेको हो ।

इश्वरपुर नगरपालिका वडा नं. १४ की बिन्द्रदेवी धामीले २०७९ साल चैत ७ गते फरवार्ड माइक्रोफाइनान्सबाट ७ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनले नियमित कर्जा किस्ता रकम बुझाउँदै गएकी थिइन् ।

jutta mela

६ लाख ६५ हजार २६७ रुपैयाँ किस्ता बुझाउन बाँकी रहँदै उनको दुर्घटनामा निधन भएपछि फरवार्डले उनले तिर्ने रकम मिनाहा गरिदिएको जनाएको छ । साथै बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत ९ लाख ९ हजार ७३२ रुपैयाँ प्रदान गरेको छ ।

बिन्द्रदेवीले कुल १५ लाख ७५ हजारको बीमा रकम प्राप्त गरेकी छन् । उनलाई २२५ प्रतिशत बीमा बापतको रकम भुक्तानी गरिएको माइक्रोफाइनान्सले जनाएको छ । यस माईक्रोफाइनान्सले एक कार्यक्रम गरी इश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्यबाट बिन्द्रदेवीका श्रीमान राजबीर धामीलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

बोल्दै इश्वरपुर नगरपालिका प्रमुख आचार्यले बैंक तथा वित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै परिवारको जीवनस्तर उकास्न र समाज विकास गर्न ठुलो मद्दत गर्ने बताए । आचार्यले लघुवित्त वित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने, बैंक तथा वित्तीय संस्थाले जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताको पेशा, व्यापार व्यावसाय विकास गर्ने जिकीर गरे ।

फरवार्डका सञ्चालक सदस्य प्रा.डा श्यामकिशोर महतोले समुदाय र निम्न बर्गको उत्थानका लागि फरवार्ड सदैव क्रियाशिल हुने विश्वास दिलाउँदै वित्तीय संस्था, स्थानीय समुदाय र स्थानीय सरकार बीच सहकार्य गर्न आवश्यक रहेको जनाए ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले संस्थाको पृष्ठभूमी, परिचय र उद्देश्यबारे बोल्दै लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पु¥याएको योगदानबारे चर्चा गरे । उनले बिन्द्रदेवीलाई दिइएको बीमा रकम हालसम्मकै ठूलो बीमा सुबिधा भएको जानकारी दिए ।

You might also like

Comments are closed.