नेपाल डेरी एशोसिएसनको नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन

काठमाडौं । नेपाल डेरी एशोसिएसले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

संस्थाका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका सांसद जयराम थापाले भित्तेपात्रो विमोचन गर्दै दुग्ध क्षेत्रको समस्यामा आफुु पनि गम्भिर रहेको र यसका समाधानको लागि सबै एक भएर लाग्न आफ्नो साथ रहेको बताए ।

पशुपंक्षी तथा मत्स्य सहकारी संघ र केन्द्रिय दुग्ध सहकारी संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले उत्पादक किसानले उद्योगीबाट दुधको पैसा नपाएकोमा गुनासो गर्दै अगामी नयाँ वर्षबाट सुधारिँदै बक्यौता चुक्ता गर्न अनुरोध गरेका छन् ।

jutta mela

दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले दुग्ध क्षेत्रको हालको समस्या पूरानै सालमा समाप्त भई नयाँ वर्षमा नयाँ रणनितिसहित अघि बढ्न सबैलाई अनुरोध गरेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले निर्यातमा डेरी क्षेत्रको छुर्पी अग्र स्थानमा रहेको र यसमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको पुर्ण साथ रहने बताए ।

नेपाल डेरी एशोसिएसनका केन्द्रिय अध्यक्ष दाहालले सम्पूर्ण उपस्थित सबैलाई धन्यवाद सहित नयाँ वर्ष २०८१ सालको मंगलमय शुभकामना व्यक्त गर्दै आगामी दिनमा नयाँ जोश जाँगरका साथ दुग्ध क्षेत्रले इतिहास रच्न सबैको साथ सहयोगको अपेक्षा रहेको बताए । उनले नेपाल डेरी एशोसिएसन सदैव यस्ता कुरामा अघि बढ्दै जाने कुरा बताउँदै नयाँ वर्षदेखि एशोसिएसनले सहयता सुचना केन्द्र स्थापना गरी डेरी सेक्टरमा भएका समस्याको समाधानका लागि अग्रसरता देखाउने बताए ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहाल, राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक, डा. बालक चौधरी, पशुसेवा विभागका महानिर्देशक उमेश दाहाल, केन्द्रिय दुग्ध सहकारी संघका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यहरु, नेपाल डेरी एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ, सल्लाहकारहरु, दुग्ध विकास संस्थानका प्रतिनिधि, निर्यात व्यवसायी महासंघ, पशुपालन तथा मत्स्य सहकारी संघ, डेरी साईन्स एशोसिएसन, रैथाने एग्रो प्रा.लि, कृषि पत्रकार किरण आचार्य एवम् अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि सहित दुग्ध व्यवसायीको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीलाई चियापान एवं शुभकामना सहित दुग्ध पदार्थको खाजा, मोही सेवन गर्दै अतिथिहरुलाई दुग्ध पदार्थ समावेश मायाको चिनो प्रदान गर्दै नयाँ वर्षको भित्तेपात्रो वितरण गरिएको छ । कार्यक्रम शंखमुलस्थित नेपाल डेरी एशोसिएसनको केन्द्रिय कार्यालयमा भएको हो ।

भित्तेपात्रो छपाईका संयोजक एवं एशोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमलाले सहभागीलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन एशोसिएसनका महासचिव हेमचन्द्र खनालले गरेका हुन् ।

 

 

You might also like

Comments are closed.