काठमाडौं । उत्कृष्ट वस्तुगत संघको सम्मान नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले प्राप्त गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभाको अवसरमा नाडाले उक्त सम्मान प्राप्त गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नाडाका अध्यक्ष करण चौधरीलाई सम्मान गरेका हुन् ।
त्यस्तै उत्कृष्ट ‘क’ वर्गको जिल्ला नगर संघको सम्मान उद्योग संगठन मोरङले पाएको छ । ‘ख’ वर्गमा मेची उद्योग वाणिज्य संघ र ‘ग’ वर्षबाट जुम्ला उद्योग वाणिज्य संघले सम्मान प्राप्त गरेको छ ।






Comments are closed.