हिमालय एअरलाइन्सद्वारा बालबालिकालाई शैक्षिक सामग्री वितरण

काठमाडौं । हिमालय एअरलाइन्सले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै बुधवार एअरलाइन्सले आफ्नो वार्षिक गतिविधि सञ्चालन गरी शैक्षिक सामग्री वितरण गरेको हो । ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकालाई पाठ्यपुस्तक, नोटबुक, स्कुलझोला र जुत्ता लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिन् ।

वार्षिक सहायताका अतिरिक्त बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन एअरलाइन्सले काठमाडौंको सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो ।

jutta mela

विपन्न तथा अनाथ बालबालिकालाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर हिमालयले उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको छ । हिमालयको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई कदर गर्दै उड्डयन संग्रहालयले पनि बालबालिकाका लागि निःशुल्क प्रवेशसँगै भ्रमणका दौरान उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरिएको छ ।

सो अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले यस पहलको लागि आफ्नो उत्साह व्यक्त गर्दै हिमालय एअरलाइन्समा हामी भविष्यका नेतृत्वकर्ताहरू निर्माण गर्न तथा बालबालिकाको सिक्ने जोँशलाई बढावा दिन, प्रयोगात्मक शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्ने बताइन् । विपन्न बालबालिकाका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध रहेको उनले जनाइन् ।

“हाम्रो “Step Towards Education” अभियानको उद्देश्य आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु मात्र होइन, ज्ञान आदानप्रदान, विभिन्न अनुभवमार्फत बालबालिकालाई प्रेरित र सशक्तिकरण गर्ने पनि हो” उनले भनिन् ।

सो अवसरमा प्रयास नेपालका अध्यक्ष मणि जोशीले निरन्तर सहयोगको लागि हिमालय एअरलाइन्सलाई धन्यवाद दिदै यस किसिमका पहलले उनीहरूको शैक्षिक वृद्धिमा योगदान मात्र नगरी नयाँ–नयाँ सम्भावनाको ढोका समेत खोेलेको बताए ।

 

हिमालय एअरलाइन्स प्रा.लि.को बारेमा
हिमालय एअरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्सका मुख्य दुई उद्देश्यहरू हुन् ।

हिमालय एअरलाइन्स, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हिमालय एअरलाइन्स हो । यससंग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् ।

हिमालय एअरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
हाल हिमालयले चीनका पाँच शहरहरू बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दैछ ।

एअरलाइन्सले साउथ एशियन ट्राभल अवार्डसर २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणिकरण प्राप्त गरेको हो ।

डिसेम्बर २९, २०२१ मा एअरलाइन्स अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाका लागि उच्च स्तरिय सेवा प्रदानगरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।

डिसेम्बर २८, २०२३मा, IOSA अपरेटरको रूपमा प्रमाणित र IATA सदस्य एअरलाइन्सको रूपमा दर्ता भएको हिमालय एअरलाइन्स नेपालको पहिलो र एकमात्र एअरलाइन्स होे ।

सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । योसँगै एअरलाइन्स जडान गर्ने नेपालकै पहिलो र एकमात्र नेपाली वायुसेवा कम्पनी बनेको छ ।

हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकको सेवामा एअरलाइन्सले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्सको रुपमा स्थापित गरेको छ । यो दक्षिण एशियाकै अग्रणी एअरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहेको छ ।

You might also like

Comments are closed.